+
+

इसेवाले शुरु गर्‍यो ‘सेक्युर्ड ट्रान्सफर’ सुविधा 

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते १७:४७

काठमाडौं । इसेवाले सामान डेलिभरी भएपछि मात्र रकम रिलिज हुने ‘सेक्युर्ड ट्रान्सफर’सुरुआत गरेको छ । उक्त सेवाबाट नचिनेको मानिसलाई समेत सुरक्षित रूपमा रकम तथा सामान उपलब्ध गराउन सकिन्छ ।

यो फिचरबाट इसेवा प्रयोगकर्ताले अर्को इसेवा वालेटमा सुरक्षित रूपमा पैसा पठाउन सक्नेछन् । यो फिचर एक हजारभन्दा माथिको रकम पठाउँदा प्रयोग गर्न सकिने छ । यो सेवामा सामान डेलिभर भइसकेपछि पैसा पाउने व्यक्तिले रिक्वेस्ट बटनमा क्लिक गर्नुपर्नेछ, त्यो सूचना पैसा पठाउने व्यक्तिलाई जानेछ । सामान वा सेवा पाएपछि मात्रै पैसा पठाउने व्यक्तिले उक्त रकम रिलिज गर्नुपर्नेछ । साथै यदि सामान पठाएको र नपाएको विवाद भएमा प्रमाणसहित कम्प्लेन गर्न सकिने छ ।

‘अहिले मैले तपाईंलाई सामान दिन्छु भन्ने इसेवामा पैसा हाल्न लगाउने तर, सामान नदिने काम भइरहेको छ,’ इसेवाका चिफ म्यानेजर आशिष गौतमले भने, ‘त्यस्तो कामलाई कम गर्न सेक्युर्ड ट्रान्सफर फिचर आएको हो, जहाँ सामान डेलिभर भएपछि मात्र रकम रिलिज हुनेछ ।’

१ हजारभन्दा माथिको कारोबारमा सेक्युर्ड ट्रान्सपर फिचर प्रयोग गर्न सकिने छ । १ हजारदेखि ५ हजारसम्मको कारोबार गर्दा ५ रूपैयाँ शुल्क लाग्ने छ भने ५ हजारदेखि माथिको पैसा पठाउँदा १० रूपैयाँ शुल्क लाग्ने छ तर यदी सामान नपाएको र पठाएको विवाद भएमा त्यस्तो अवस्थामा १०० रूपैयाँ शुल्क लाग्नेछ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख नाघेको भने करिब एक करोड ६० लाखले इसेवामार्फत सेवा लिइरहेका इसेवाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?