+
+

कैलालीमा एमालेको निर्वाचन प्रक्रिया भाेलिसम्म स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते १९:०९

२५ पुस, धनगढी । नेकपा एमालेको कैलाली जिल्ला समितिको निर्वाचन प्रक्रिया सोमबारसम्मका लागि स्थगित भएको छ । अध्यक्षका दुई उम्मेदवार पक्षका कार्यकर्ताबीच झडप भएपछि निर्वाचन स्थगित भएको हो ।

अध्यक्ष पदका उम्मेदवारसमेत रहेका निवर्तमान अध्यक्ष रतन थापाले निर्वाचन समिति असक्षम भन्दै भाषण गर्दै नाराबाजी गरेपछि विवाद भएकाे थियाे ।

विवादका क्रममा अध्यक्षका अर्का उम्मेदवार रणबहादुर थापा पक्षले जथाभावी बाेलेर प्रतिनिधिहरूलाई भड्काउन नपाइने भन्दै विराेध गरेपछि दुवै पक्षबीच झडप भएकाे थियाे ।

दुवै पक्षबीचकाे झडपपछि निर्वाचन समितिले भाेलि बिहान ८ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

एमालेको कैलाली जिल्ला समितिको अध्यक्षका लागि रतन थापा र रणबहादुर चन्द प्यानलसहित चुनावी मैदानमा छन् । यसअघि आइतबार बिहान ८ बजेका लागि तय गरिएको निर्वाचन पटक-पटक गरेर साँझसम्म सारिएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?