+
+

जमुनाहा नाकामा कोभिड संक्रमित बढे

भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि खुला नाकाबाट नेपाल भित्रनेक्रम बढ्दो छ । नेपालगञ्जको जमुनाहा नाकामा भारतबाट दैनिक ठूलो संख्यामा फर्किरहेका नेपालीमा कोरोना देखा परिरहेको छ । यो नाकामा पछिल्लो एकसाता यता भारतबाट आएका संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते २०:०२

२५ पुस, दाङ । भारतमा कोभिड-१९ को संक्रमण फैलन थालेपछि खुला नाकाबाट नेपाल भित्रनेक्रम बढ्दो छ । नेपालगञ्जको जमुनाहा नाकामा भारतबाट दैनिक ठूलो संख्यामा फर्किरहेका नेपालीमा कोरोना देखा परिरहेको छ । यो नाकामा पछिल्लो एकसाता यता भारतबाट आएका संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

आइतबार भारतबाट जमुना नाका हुँदै नेपाल आएका ६ सय ७५ जनाको परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको छ । शनिवारमात्रै भारतबाट आएका ४९ जनामा कोरोना देखिएको थियो । जुन् अहिलेसम्मकै धेरै हो ।

भारतका विभिन्न सहरबाट फर्कनेहरुमा कोभिड संक्रमण देखिनेक्रम दिनहुँ बढ्दै गएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकल पर्सन तेजबहादु्र वलीले बताए। ‘केही महिनाअघि मात्र नाकामा संक्रमित शून्‍य हुन्थे’ उनले भने, ‘पछिल्लो साता संक्रमितको संख्या उकालो लाग्दै गइरहेको छ ।’

नाकामा एक सातामामात्रै १ सय ५२ जनामा संक्रमण देखिएको छ । हालसम्म ५ सय ५५ जनामा कोभिड संक्रमण देखिएको उनले बताए । नाकामा दैनिक करिब आठ सयसम्म एन्टिजेन जाँच हुने गर्छ ।

नेपालगञ्ज नाकामा कोरोना पोजिटिभ देखिएकालाई आइसोलेसन केन्द्रमा ल्याएर सम्बन्धित पालिकामा पठाउने गरिएको उनले जानकारी दिए । आइसोलेसनमा ल्याइएका व्यक्तिलाई सम्बन्धित पालिकाबाट गाडी मगाएर पठाउने गरिएको छ ।

कोरोना देखिएका प्रायः पहाडी जिल्लाका छन् । भारतमा कोरोना प्रकोप बढेपछि नेपाली घर फर्किरहेका छन् । भारतको दिल्ली, महाराष्ट्र, चण्डीगढ, हैदरावाद, चेन्नाईबाट आएका व्यक्तिमा कोरोना देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?