+
+

नेपाल लाइफ इन्स्योरेन्सको सिनियर डीसीओमा प्रवीण रमण पराजुली

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते २३:४०

२५ पुस, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीओ)मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् । नियुक्ति पाएसँगै पराजुलीले आइतबारदेखि कार्यभार सम्हालेका छन् ।

पराजुलीले आफ्ना विगतका अनुभवहरूलाई आधार मानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लेटफर्मको रुपमा नेपाल लाइफलाई लिएको बताए । यस जिम्मेवारीलाई अवसर र त्यो भन्दा बढी चुनौतीको रुपमा लिएको बताए ।

संस्थागत सुशासनलाई प्राथमिकतामा राखी कम्पनीलाई हरेक क्षेत्रमा अब्बल सावित गर्न प्रतिवद्धता रहेको उनको भनाइ छ । पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?