+
+

नेपाल एयरलाइन्स खत्तम भयो, सकियो भन्ने अवस्था होइन : कार्यकारी अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १४:०२

२६ पुस, काठमाडौं ।  नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल एयरलाइन्स खत्तम भयो, सकियो भन्ने अवस्था नरहेको बताएका छन् ।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले नयाँ व्यवस्थापन आएपछि जहाजको अधिकतम उपयोग गर्ने गरी कार्ययोजना बनाएर काम गरिरहेको बताए । ‘अहिले देखिएका समस्या तत्काल आएका होइनन,’ अधिकारीले भने, ‘तर, कुर्सीमा बसेका कारण म जिम्मेवारी लिन्छु ।’

‘कोभिड-१९ को बेला नेवानिमाथि अन्त्याय भएको छ, यस पिरियडमा नेवानिले चार्टर्ड उडान ५६ मात्र पायो, हिमालयनले २३९ पायो, सरकारले किन हेर्दैन ?’ अधिकारीको प्रश्न थियो ।

नेवानिलाई देखाएर भन्न सजिलो रहेको भन्दै उनले काम गर्न नदिएका धेरै उदाहरण रहेको बताए । अधिकारीले अगाडि भने, ‘निजीलाई प्रशय दिने काम नहोस्, हामी काम गरेर देखाउँछौ । नयाँ बिजनेस प्लान बन्दैछ । बिजनेस प्लानका आधारमा सहयोग पाउने अपेक्षा छ ।’

कार्यकारी अध्यक्ष अधिकारीले भने, ‘कम्पनी मोडलबारे कर्मचारीले केही नबुझेका भने होइनन्, उनीहरु पनि निगमको हितमा काम गर्न चाहन्छन्, केही कुरामा फरक होला, यसमा म सहजीकरण गर्छु,  हतपत सरोकारवालासँग छलफल नगरी विगतमा प्रस्ताव लगेकोमा कर्मचारीबाट बिरोध भएको हो ।’ निगमको सम्पत्तिको मूल्यांकन निकै सस्तोमा गरिएको र सोही कारण कर्मचारीको विगतको आन्दोलन जायज थियो भन्ने आफूलाई लागेको उनको भनाइ थियो ।

निगमले जहाज किन्न लिएको ऋण तिर्न कटिबद्ध रहेको भन्दै उनले यसका लागि बिजनेश प्लान बनिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?