+
+

नेपाल एयरलाइन्सको सुधारमा कोही बाधक नबनौं : पर्यटन सचिव

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १४:१५

२६ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपाल एयरलाइन्सको सुधारमा कोही पनि बाधक बन्न नहुने बताएका छन् ।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आयोजित छलफलमा बोल्दै पर्यटन सचिव न्यौपानेले संस्थालाई राम्रो बनाउने सन्दर्भमा सरकार, बोर्ड, कर्मचारी कोही पनि बाधक बन्न नहुने बताएका हुन् ।

विगतमा कम्पनी मोडलमा लैजान शुरु गरिएको प्रक्रिया अपारदर्शी भएका कारण तत्कालका लागि स्थगित भए पनि सुधारको विकल्प खुला राखिएको उनले बताए । अहिले कसैले पनि नेवानि जे सुकै होस् भनेर छाड्न नमिल्ने भन्दै उनले अहिलेको अवस्था आउनुमा वर्तमान व्यवस्थापनको मात्र दोष नभएको बताए ।

‘सुधारको च्याप्टर बन्द भएको छैन,’ उनले भने, ‘संस्था मुलुकको गौरब हो, यसलाई नाफामा लैनान सबैले आ-आफ्नो क्षेत्रबाट योगदान गरौं ।’ तर, सबै प्रक्रियामा कर्मचारीसहित सबै सरोकारवालालाई विश्वासमा लिनु पर्ने उनले बताए ।

विगतमा अर्थ मन्त्रालयको सहमतिमा मन्त्रिपरिषदबाट जहाज किन्ने निर्णय भएको स्मरण गराउँदै उनले कुनै पनि निकाय आज आएर उम्कन नमिल्ने बताए । वाइडबडी जहाज खरिद गर्दा नेवानिको बिजनेस प्लानमा सबै सहमत भएको होइन ? यसलाइ नजरअन्दाज गर्न मिल्दैन, उनले भने । अहिले कोरोनाले एयरलाइन्स बिजनेसमा परेको विश्वव्यापी प्रभावलाई समेत नबिर्सन उनले आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?