+
+

बागमती प्रदेशको मुख्यन्यायधिवक्तामा श्यामनारायण श्रेष्ठ नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १५:२०
बागमती प्रदेशको मुख्यन्यायधिवक्तामा नियुक्त भएपछि सोमबार सपथ लिँदै श्यामनारायण श्रेष्ठ

२६ पुस, हेटौंडा । बागमती प्रदेशको मुख्यन्यायधिवक्तामा श्यामनारायण श्रेष्ठ नियुक्त भएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शमाले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा श्रेष्ठलाई मुख्यन्यायधिवक्तामा नियुक्त गरेका हुन् ।

धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका-२ हटिया निवासी श्रेष्ठ सोमबार उच्च अदालत पाटनका मुख्‍यन्यायाधीश नृपध्वज निरौलाले पद तथा गोपनियताको सपथ गराएका हुन् ।

सपथ ग्रहण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री पाण्डे, आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेल, आन्तरिक मामिला तथा कानूनमन्त्री कृण्णप्रसाद शर्मा खनाल, स्वास्थ्यमन्त्री निमा लामा, कृषि तथा पशुपन्छी मन्त्री बसुन्धरा हुमागाईं लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?