+
+

नेकपा एमाले चितवनको अधिवेशन स्थगित

जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल शैलेसले सोमबार जारी गरेको विज्ञप्तिमा अर्को सूचना नभएसम्मका लागि अधिवेशन पुनःस्थगित गरिएको उल्लेख छ ।

रासस रासस
२०७८ पुष २६ गते १५:३८
नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावल ।

२६ पुस, चितवन । नेकपा एमाले चितवन जिल्ला समितिको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । पुस २३ गते शुरु भएको अधिवेशन २४ गते साँझ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल शैलेसले सोमबार जारी गरेको विज्ञप्तिमा अर्को सूचना नभएसम्मका लागि अधिवेशन पुनःस्थगित गरिएको उल्लेख छ ।

विज्ञप्तिमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्दै गएकाले कार्यकर्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै अधिवेशनअन्तर्गत निर्वाचनको कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।

अधिवेशनको पुस २३ गते उद्घाटन र २४ गते बन्दसत्र भएको थियो । बन्दसत्रले पार्टी अध्यक्ष रावलले प्रस्तुत गरेको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन र कार्यालय सचिव चन्द्रकान्त पौडेलले प्रस्तुत गरेकव आर्थिक प्रतिवेदन पारित गरेको थियो । निर्वाचन प्रक्रिया सुरु हुनुअघि अधिवेशन स्थगित गरिएको हो । जिल्ला अध्यक्षमा चार जनाले उम्मेदवारी दिने भएका थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?