+
+

भारतका रक्षा मन्त्रीलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १७:२४

२६ पुस, काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सिंहले सोमबार आफूलाई कोरोना पोजिटिभ भएको सामाजिक सञ्जालमार्पत जानकारी दिएका छन् ।

सिंहले ट्विटरमार्फत् आफूलाई कोभिड-१९ को संक्रमण भएको र हल्का लक्षण देखिएको भन्‍दै लेखेका छन्, मलाई आज हल्का लक्षणसहित कोरोना पोजिटिभ देखिएको छ।म घरमै क्वारेन्टाइनमा छु ।’

सिंहले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबैलाई आइसोलेशनमा बस्न र परीक्षण गर्न भनेका छन् । उनले ट्विटरमा थप लेखेका छन्, ‘हालै मेरो सम्पर्कमा आउनु भएका सबै जनालाई आइसोलेशन बसी परीक्षण गराउन अनुरोध गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?