+
+

वुमा खुला कराँते प्रतियोगिता शुरू, पुरुषतर्फ आयुशलाई स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १९:३४

२६ पुस, काठमाडौं। नेपाल गोजु काई कराँते डो संघको आयोजनामा खुला राष्ट्रिय कराँते प्रतियोगिता काठमाडौंमा शुरू भएको छ ।

दुई दिने प्रतियोगिताको पहिलो दिन सोमबार पुरुषतर्फ ५ र महिलातर्फ २ स्वर्णको छिनोफानो भएको छ । बाँकी स्पर्धाको फाइनल खेल मंगलबार हुनेछ ।

प्रतियोगितामा महिला र पुरुषको १०÷१० तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । २० जिल्ला तथा डोजोहरुबाट २ सय ९ खेलाडीको सहभागिता रहेको यो प्रतियोगितामा ३० केजीमूनि, ३५ केजीमूनि, ४० केजीमूनि, ४५ केजीमूनि, ५० केजीमूनि, ५५ केजीमूनि, ६० केजीमूनि र ६० केजीमाथि खुल्ला तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।

कातातर्फ पुरुष र महिला टिम प्रतिस्पर्धा हुनेछ । यसपल्ट भेट्रान्स प्रतियोगिता पनि समावेश गरिएको छ । शारीरिक रुपमा फिट रहेका ४० वर्ष नाघेका खेलाडीहरुका लागि यो विधा थपिएको प्रतियोगिता संयोजक अच्युतराज उप्रेतीले जानकारी दिए ।

चावहिल चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा आयोजित प्रतियोगितामा सोमबार पुरुषतर्फ ३० केजीमूनि तौलसमूहमा आयुश राई (आनन्दनगर डोजो)ले स्वर्ण जिते उनले फाइनलमा सोनाम तामाङ (मित्रपार्क डोजो)लाई पराजित गरेका हुन् । ३५ केजीमुनि अविजित पहारी (नागार्जुन डोजो)लाई हराएर अनायन मानन्धर (ठैब डोजो)ले स्वर्ण जिते ।

४० केजीमूनिमा रोजन तामाङ (शंखडोल एकेडेमी)ले स्वर्ण जित्दा अन्मेष थेवे (मित्रपार्क डोजो) रजतमा सीमित भए । ४५ केजीमा विकेश मोक्तान (जोरपाटी डोजो)ले स्वर्ण जिते । उनले फाइनलमा सुनील ठगुन्ना (साउथ भ्याली स्कुल)लाई हराए । ५० केजीमा विनोद श्रेष्ठ (मानसिंह डोजो) स्वर्ण तथा मिलन तामाङ (नेपाल हायसी–हा कराँते)ले रजतमा चित्त बुझाए ।

महिलातर्फ ३० केजीमा अनु मोक्तान (मानसिंह डोजो)ले स्वर्ण जित्दा विलाशा पहारी (नागार्जुन डोजो) रजतमा सीमित भइन् । ३५ केजीमा अस्मिता मोक्तान (आनन्दनगर डोजो)ले स्वर्ण र कुन्साङ राई (मित्रपार्क डोजो)ले कांस्य जितिन् ।

यसअघि प्रतियोगिताको उद्घाटन महागरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शुद्धकुमार डंगोलले उद्घाटन गरेका थिए । वल्र्ड युनाइटेड मार्सल आर्ट (वुमा) अन्तर्गत रहेको गोजु काई कराँतेको वार्षिक कार्यक्रमअन्तर्गत आयोजित प्रतियोगितालाई काठमाडौं महानगरपालिकाले प्रायोजन गरेको हो । उनले राष्ट्रियस्तरमा व्यवस्थित प्रतियोगिता आयोजना गरेकोमा संघलाई धन्यबादसमेत दिएका थिए ।

२०५८ सालमा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको यो संघले हरेक वर्ष दुईदेखि तीनवटासम्म राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ । यो प्रतियोगिताका लागि काठमाडौं महानगरपालिकाले १० लाख रुपैयाँ प्रायोजन गरेको छ ।

‘हाम्रो नियमित कार्यक्रमअनुसार नै यो प्रतियोगिता आयोजना भएको हो । पहिलोपल्ट सरकारी निकायबाट सहयोग पाएका छौं र त्यसले संघलाई नयाँ उत्साह थपेको छ,’ प्रतियोगिता संयोजक उप्रेतीले भने ।

कराँतेको एउटा विधा गोजु काईका खेलाडीले अन्तर्राष्ट्रियस्तरमा पनि उच्चस्तरको सफलता हासिल गरिसकेका छन् । सन् २०१३ मा आयोजित विश्व च्याम्पियनसिपमा नेपालका निश्चल गुरुङले स्वर्ण जितेका थिए । एसियन प्यासेफिक च्याम्पियनसिप लगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पदक जितिसकेको छ । नेपालले जापानमा हुने आसन्न विश्व च्याम्पियनसिप र ताइवानमा हुने एसियन प्यासेफिक च्याम्पियनसिपमा पनि सहभागिता जनाउँदैछ ।

कार्यक्रममा हाल अमेरिकामा बसोबास गरिरहेका खेलकुदप्रेमी उज्वल खड्का, विगु गाउँपालिका उपप्रमुख सन्जीव ओली, काठमाडौं महानगरपालिकाका विभागीय प्रमुख दीपक अधिकारीलगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?