+
+

सेन्ट्रल एसियन भलिबल संघका अध्यक्ष लथिफ नेपाल आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १२:०६

२७ पुस, काठमाडौं । सेन्ट्रल एसियन भलिबल संघ (सीएभीए) का अध्यक्ष मोहमद लथिफ नेपाल आउने भएका छन् ।

पोखरामा भइरहेको टाइगर कप राष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिताको अवसर पारेर उनी नेपाल आउन लागेको नेपाल भलिबल संघले जनाएको छ ।

उनी जनवरी १५ मा हुने फाइनलअघि नेपाल आउनेछन् । भलिबल संघका अनुसार उनले जनवरी १४ मा सञ्चारकर्मीसFग समेत भेटघाट गर्नेछन् ।

माल्दिभ्स भलिबल संघका पूर्वअध्यक्ष समेत रहेका लथिफले केही समयअघि एसियन आउटस्ट्यान्डिङ प्रेसिडेन्ट अवार्ड जितेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?