+
+

म्युजिक भिडियोमा पलसँग जोडी बाँधेकी कविता अब फिल्ममा पनि

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १२:२२

२७ पुस, काठमाडौं । मोडल कविता रायले अभिनेता पल शाहसँग केही म्युजिक भिडियोमा काम गरेकी छन् । तिमी छौं र म, ओ साजन, ओ साजन २, हेरेर तिमीलाई बोलका गीतका भिडियोमा उनले पलसँग काम गरेकी छन् ।

तर, म्युजिक भिडियोका सफल मोडलको निरन्तर साथ पाउँदा पनि कविताको चर्चा खासै छैन । आफैंले लगानी गरेका भिडियोमा मात्र उनले काम गरिरहनुपरेको छ । उनलाई अन्य ब्यानरले पत्याएका छैनन् ।

अन्य ब्यानरले नपत्याएपनि पल शाहले भने उनलाई निरन्तर साथ दिइरहेका छन् । अब पल र कविताको जोडी म्युजिक भिडियोबाट चलचित्र यात्राको तयारीमा छ ।

‘ओ साजन र ओ साजन २’ बजारमा आएपछि पिके फिल्म्सले चलचित्र बनाउन लागेको हो । सोमबार आयोजित ‘ओ साजन २’को पत्रकार सम्मेलनमा ‘ओ साजन’ नाममा चलचित्र बन्न लागेको जानकारी गराइयो । चलचित्रमा पल र कविताको जोडी नै देखिनेछ ।

चलचित्रको विषयमा अन्य जानकारी छुट्टै पत्रकार सम्मेलन आयोजना गरेर दिइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?