+
+

एमालेको प्रदेश अधिवेशन २० दिन पर सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १४:४७

२७ पुस, काठमाडौं । नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ । यही माघ ८ गतेका तोकिएका सबै प्रदेशको अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

गत शुक्रबार ६१ जिल्लाको अधिवेशन सकेको थियो भने १६ जिल्लाको अधिवेशन पनि बाँकी छ ।  कोरोना संक्रमणको ग्राफ पुन:उकालो लाग्न थालेपछि सरकारले कुनै पनि सभा/सम्मेलन नगर्न आग्रह गरेको छ । सरकारी मापदण्ड तथा कोरोना जोखिमलाई दृष्टिगत गर्दै अधिवेशन सारिएको एमालेले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?