+
+

जमुनाहा नाकाको हेल्थ डेस्कमा खटिएका ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १८:१२
जमुनाहा नाकामा कोरोना परीक्षण गरिँदै ।

२७ पुस, दाङ । नेपालगञ्जको जमुनाहा नाकाको हेल्थ डेस्कमा खटिएका पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ ।

भारतबाट नेपाल प्रवेश गरेकाहरुको कोरोना संक्रमण परीक्षण गर्न खटिएका उनीहरुमा पनि संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीले बताए ।

अहिले उनीहरुलाई आइसोलेसनमा पठाएर अन्य कर्मचारीमार्फत परीक्षण भइरहेको वलीले बताए ।

भारतमा संक्रमण तीव्र रुपमा बढेपछि नेपालगञ्ज नाकामा भारतबाट फर्केनेहरुको भिड छ । दैनिक एक हजार भन्दा बढी मानिसहरु नेपाल प्रवेश गरिरहेका छन् ।

मंगलबारमात्रै नाकामा भारतबाट फर्केका ३ सय ९६ जनाको स्वास्थ्य परीक्षण गर्दा ३७ जनामा कोरोना पुष्टि भएको फोकल पर्सन वलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?