+
+

म हराएकी छैन, विगतमा केही फिल्म गरेकोमा भने पछुतो छ : अनु शाह

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २८ गते १२:०४

२८ पुस, काठमाडौं । चलचित्र ‘भैरव’मा काम गर्दासम्म अभिनेत्री अनु शाहको राम्रै क्रेज थियो । तर, अहिले उनी चलचित्रको पर्दाबाट हराएजस्तै छिन् ।

अनु भने दर्शकले आफूलाई माया गरेसम्म यो क्षेत्रबाट टाढा नहुने बताउँछिन् । तर, आफ्नो करिअरमा केही चलचित्रमा काम गरेकोमा भने अहिले पछुतो लागेको उनको भनाइ छ ।

अनलाइखबरसँगको कुराकानीमा उनले भनिन्, ‘म अहिले पनि करिअरदेखि खुशी छु । आफ्नो तरिकाले काम त गरिरहेको नैै छु । तर, मलाई करिअरमा २-३ वटा चलचित्र भने नगरेको भए हुन्थ्यो कि भन्ने लाग्छ । म चलचित्रको नाम त लिन चाहन्नँ । तर, ती चलचित्रमा काम गरेकोमा पछुतो भने छ ।’

उनले कुनै न कुनै तरिकाले दर्शकमाझ आउन आवश्यक भएकाले सोही अनुसार आफू अगाडि बढेको पनि बताइन् । अनुले घरमा लुकेर कोही पनि स्टार नहुने समेत बताइन् । उनले भनिन्, ‘म त सार्वजनिक कार्यक्रममा मज्जाले पुग्छु । बाटोमा पानीपुरी, मःम पनि खान्छु । घरमा लुकेर स्टार बनिन्छ भन्ने मलाई लाग्दैन ।’

अभिनेता सविन श्रेष्ठसँग प्रेम सम्बन्धमा रहेकी अनुले अहिले नै विवाह गर्ने तयारी भने नगरेको बताइन् । बाहिर हल्ला गरिएजस्तो सविनसँग आफू लिभिङ टुगेदरमा नरहेको पनि उनले प्रष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?