+
+

लता मंगेशकरको स्वास्थ्यमा क्रमिक सुधार, अझै केही दिन आईसीयूमै राखिने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २८ गते १४:२४
लता मंगेशकर । फाइल तस्वीर

२८ पुस, काठमाडौं । कोरोना संक्रमण भएर अस्पताल भर्ना भएकी भारतीय वरिष्ठ गायिका लता मंगेशकरको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । कोरोना संक्रमणपछि उनलाई निमोनिया समेत भएको चिकित्सकलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

९२ वर्षीया लतालाई शनिबार मुम्बईको क्याण्डी अस्पतालको आईसीयूमा भर्ना गरिएको हो । उनलाई श्वासप्रश्वाससम्बन्धी उमेरजन्य रोग समेत भएकाले अझै १०–१२ दिन आईसीयूमै राख्नुपर्ने अस्पतालका डाक्टर प्रतीक समधनीले बताएका छन् ।

लतालाई अक्सिजन सपोर्टमा राखिएको र उनको अवस्था स्थिर बनेको चिकित्सकहरुले जनाएका छन् ।

भारतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर शुरु भएसँगै सेलिब्रटीहरु पनि संक्रमित भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?