+
+

सिद्धार्थले मागे माफी, साइनाले भनिन्- आइन्दा महिलामाथि ‘टार्गेट’ नहोस्

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २८ गते १५:२५

२८ पुस, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भएको गल्तीको विषयलाई लिएर ब्याडमिन्टन खेलाडी साइना नेहवालमाथि बलिउड अभिनेता सिद्धार्थले गरेको कमेन्टबाट शुरु भएको विवाद सुल्झिने दिशामा गएको छ ।

यस विषयमा सिद्धार्थले माफी मागेका छन् भने साइनाले सिद्धार्थले माफी मागेकोमा खुशी व्यक्त गरेकी छन् । साइनाले समाचार एजेन्सी एएनआईसँग भनेकी छन्, ‘पहिले उनले मेरो बारेमा केही बताए, अहिले फेरि माफी मागेका छन् । मलाई थाहा थिएन कि यो विषय यति भाइरल हुन्छ भनेर । ट्वीटरमा ट्रेण्डिङ हुँदा म आफैं हैरान भएकी थिएँ ।’

साइनाले अगाडि भनेकी छन्, ‘तपाईंले कोही पनि महिलालाई टार्गेट गर्नुहुँदैन । मलाई त केही फरक पर्दैन, तर अरुलाई ? ईश्वरले उनको मद्दत गरुन् ।’

यो विवादको शुरुआत प्रधानमन्त्री मोदी पञ्जाब भ्रमणमा गएका बेला भएको सुरक्षा लापरवाहीका विषयमा साइनाले गरेको चिन्ताबाट शुरु भएको थियो । त्यसबेला प्रधानमन्त्री मोदीको गाडी किसान आन्दोलनका कारण १५ मिनेटसम्म सडकमा रोकिएको थियो ।

साइनाले त्यसबेला ट्वीट गरेकी थिइन्, ‘विश्वको कुनै पनि देश पूर्ण सुरक्षित रहेको दाबी गर्न सक्दैन, जब आफ्नै प्रधानमन्त्रीको सुरक्षामा लापरवाही हुन्छ । अराजकतावादीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गरेको निशानाका विषयमा कडा शब्दमा निन्दा गर्दछु ।’

यो ट्वीटमा अभिनेता सिद्धार्थले जब रियाक्ट गरे, तब सामाजिक सञ्जालमा बबाल मच्चियो । महिला आयोगले सिद्धार्थ विरुद्ध मुद्दा दर्ता गर्ने आदेश समेत दियो ।

स्मरण रहोस्, साइना सन् २०२० जनवरीमा भारतीय जनता पार्टीमा औपचारिक रुपमा प्रवेश गरिसकेकी छन् ।

साइनाको उक्त ट्वीटलाई रिट्वीट गर्दै अभिनेता सिद्धार्थले लेखे, ‘सटल कक च्याम्पियन अफ द वर्ल्ड… खुशी छौं कि हाम्रो साथमा भारतका संरक्षक छन्, हात जोडेर प्रार्थना । रिहानालाई पनि अब लाज लाग्नेछ ।’

अंग्रेजी शब्द ‘सटल’ र ‘कक’ले दोहोरो अर्थ दिने र महिलालाई होच्याएको भन्दै केही ट्वीटर प्रयोगकर्ताले सिद्धार्थको ट्वीटमाथि आपत्ति जनाए । यसका साथै सिद्धार्थको ट्वीटमा अमेरिकी गायिका रिहानालाई पनि जोडेको उनीहरु थप आक्रोशित भए ।

गत वर्षको फ्रेब्रुअरीमा गायिका रिहानाले भारतको किसान आन्दोलनलाई समर्थन गर्दै एक ट्वीट गरेकी थिइन् । जसलाई लिएर भारतीय सेलिब्रेटीहरु विभाजित भएका थिए । कसैले यो आन्तरिक मामलामा रिहानालाई बोल्ने अधिकार छैन भनेका थिए भने कसैले किसानहरुको जायज आन्दोलनलाई लिएर एक अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएकी गायिकाले बोल्दा राम्रै हुने बताएका थिए ।

तर, सिद्धार्थले रिहानाले किसान आन्दोलनका बेला गरेको समर्थनलाई समेत जोडेर ट्वीट गरेकोमा राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्मालाई पनि मन परेन र उनले सिद्धार्थमाथि मुद्दा दर्ता गराउने आदेश दिइन् ।

विवादले उग्र रुप लिएपछि सिद्धार्थले आफ्ले भनाइ राखेका छन् । उनले आफ्नो ट्वीटको अर्थ त्यो नभएको बताएका छन् । उनले भनेका छन्, ‘कक एण्ड बुलको अर्थ मनगढन्ते कहानी हो । यसको सन्दर्भ पनि यही हो, कसैले यसलाई पढेर भ्रामक रुपमा प्रचार गर्छ भने यो शब्दकै अनादर हुन्छ । मैले त्यस्तो भावनाले भनेको थिइनँ, विराम ।’

सिद्धार्थले अन्तिममा ‘विराम’ भन्दै अब यो विषयलाई यहीं टुंग्याउन आग्रह गरेका छन् र आफ्नो भनाइले कसैलाई ठेस पुगेकोमा माफी समेत मागेका छन् ।  

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?