+
+

मन्त्री झाँक्रीले गरिन् धोबिखोला करिडोरको अनुगमन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १२:१८

२९ पुस, काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बिहीबार बिहानै धोबिखोला करिडोरको अनुगमन गरेकी छन् ।

मन्त्री झाँक्रीसहित मन्त्रालयका सचिव, काठमाडौं उपत्यका प्राधिकरण र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिको टोलीले निरीक्षण गरेको हो ।

टोलीले बाटोको अवस्था, ढल, फोहोर, अव्यवस्थित निर्माण सामग्री र फुटपाथको अवस्थालगायतको अवलोकन गरेको छ ।

अवलोकनका क्रममा मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राधिकरण र वाग्मती सभ्यता एकीकृत समितिलाई बाटोमा देखिएका फोहोर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन् । ‘करिडोरमा देखिएका समस्या समाधानमा तत्काल लाग्नुस्, म केही दिनमा पुनः अनुगमनमा आउँछु,’ उनले भनिन् ।

मन्त्री झाँक्रीको निर्देशनपछि सरोकारवाला निकायका प्रतिनिधिले केही दिनमै करिडोरमा देखिएका समस्या समाधान गर्ने बताएका छन् ।

बिहान साढे ट बजे बबरमहलबाट सुरु भएको अनुगमन बुढानीलकण्ठ पुगेर टुगिंएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?