+
+

अनिलले ५ विकेट लिएपछि लुम्बिनीको पहिलो जित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १६:५२

२९ पुस, काठमाडौं । युवा स्पिनर अनिल खरेलले घातक बलिङ गर्दै ५ विकेट लिएपछि लुम्बिनीले बिहीबार प्रदेश-२ लाई ४२ रनले पराजित गर्दै प्रधानमन्त्री कप टी-२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

लुम्बिनीले दिएको १६२ रनको लक्ष्य पछ्याएको प्रदेश-२ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११९ रन मात्र बनाउन सक्यो । समूह बी मा लुम्बिनीले जितपछि २ खेलबाट २ अंक जोडेको छ ।

प्रदेश-२ का लागि विवेक यादवले २४ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै अविजित रहेर सर्वाधिक ३६ रन बनाए । बाँकी खेलाडीले व्यक्तिगत १५ रनसमेत बनाउन सकेनन् । लुम्बिनीका लागि अनिल खरेलले ४ ओभरमा १ मेडनसहित १३ रन खर्चेर ५ विकेट लिए । कृष्ण कार्की, सिद्धान्त शाही र बशिर अहमदले १/१ विकेट लिए ।

त्यसअघि टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६१ रन बनाएको थियो। लुम्बिनीका ओपनर देव खनालले ३८ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५४ रन बनाए । यस्तै बसिर अहमद र सन्दीप रजालीले समान ३० रन जोडे ।

प्रदेश २ का विवेक यादव र रुपेश सिंहले २-२ विकेट लिए । हरिशंकर शाह, महबुब आलम र विशाल शुश्लिङ समान १ विकेट लिए । प्रदेश २ को तीन खेलमा यो लोस्रो हार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?