+
+

प्रदेश १ मा थपिने मन्त्रालयमा कर्मचारी व्यवस्थापन गर्न कार्यदल गठन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १९:१९

२९ पुस, विराटनगर । प्रदेश १ सरकारले थप गरिने मन्त्रालयमा कर्मचारी व्यवस्थापनका लागि प्रमुख सचिव डा. रामहरि घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक खर्च नबढ्ने गरी थपिएका मन्त्रालयमा कर्मचारी व्यवस्थापन गर्न प्रतिवेदन तयार गर्ने प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताए ।

यसअघि आङ्बोको नेतृत्वमा बनेको कार्यदलको सुझावका आधारमा मन्त्रिपरिषद् बैठकले जनशक्ति व्यवस्थापनका लागि कार्यदल गठन गरेको हो । कार्यदलको सदस्य भने आवश्यकता अनुसार प्रमुख सचिव घिमिरेले थप्न पाउनेछन् ।

सात वटा मन्त्रालय रहेको प्रदेश १ मा मन्त्रालयको संख्या १२ पुर्‍याउने तयारी छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि निर्देशक समिति पनि गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?