+
+

फुडमान्डुमा डोल्मा इम्प्याक्ट फन्डको ४६ करोड लगानी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते १३:०८

३० पुस, काठमाडौं । डोल्मा इम्प्याक्ट फन्डले इ-कमर्श कम्पनी फुडमान्डुमा करिब ४६ करोड रुपैयाँ (४ मिलियन डलर) लगानी गर्ने भएको छ । यसका लागि फुडमान्डु र डोल्मा इम्याक्ट फन्डले समझदारीपत्रका हस्ताक्षर गरिसकेका छन् ।

फन्डका प्रवन्ध निर्देशक विद्यावारिध सिग्देलका अनुसार फुडमान्डुको सेवा काठमाडौं र पोखरा भन्दा बाहिरको शहरमा पुर्‍याउने र भविष्यमा देशभर नै विस्तार गर्ने उद्देश्यसहित लगानी भएको हो । फन्डले शेयर इक्विटिका रुपमा फुडमान्डुमा लगानी गरेको हो ।

फुडमान्डु तयार भएको खाना डेलिभर गर्ने नेपालको अग्रणी अनलाइन प्लेटर्फम हो । जसमा तीन लाखभन्दा बढी ग्राहक नियमित ग्राहकका रुपमा छन् ।

ग्राहकले एप, वेबसाइट र फोनमार्फत खाना/खाजा अर्डर गर्छन्, जसलाई फुडमान्डूमा आवद्ध रेस्टुरेन्टहरुले तयार गर्छन् । फुडमान्डूसँग ८ सय भन्दा बढी रेष्टुरेन्ट आवद्ध छन् । जसमा बजेटदेखि प्रिमियम रेञ्जसम्मका छन् ।

ग्राहकले अनलाइनबाट कुन रेष्टुरेन्टबाट मगाउने निश्चित गर्न पाउँछन् । अर्डर दिएको कति समयमा डेलिभरी दिने भन्ने जानकारीसहित कन्फरमेसन कल गर्छ र, रेस्टुुरेन्टले तयार गरेको ग्राहकको परिकार घरसम्मै पुर्‍याइदिन्छ ।

कम्पनीको सेवालाई थप परिस्कृत गर्दै अन्तर्राष्ट्रिय स्तरको बनाउने देशभित्र थप रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ डोल्माले लगानी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?