+
+

प्रिन्स दाहाल योनेक्सको ब्राण्ड एम्बेसडरमा चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १ गते १६:५१

१ माघ, काठमाडौं । जुनियर ब्याडमिन्टनका विश्व नम्बर १ नेपाली खेलाडी प्रिन्स दाहाल योनेक्स नेपालको ब्राण्ड एम्बेसडरमा चयन भएका छन् ।

प्रिन्सलाई सम्मान गर्न काठमाडौंमा आयोजित एक कार्यक्रममा योनेक्सको नेपाली आधिकारिक वितरक संस्था इनासका प्रोपाइटर राजु बास्तोलाले प्रिन्सलाई एक वर्षको लागि नेपालको ब्राण्ड एम्बेसडरमा चयन गरेको बताए । कार्यक्रममा संस्थाले दाहाललाई नगद २ लाख रुपैयाँसहित प्रशंसा पत्रले सम्मान गरेको थियो ।

प्रिन्सले ब्राण्ड एम्बेसडर भए बापत एक बर्षसम्म आफूलाई आवश्यक योनेक्सका सम्पूर्ण सामग्री लिन सक्नेछन् भने हाललाई एशियाली देशहरुमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउने क्रममा हवाई यातायातको खर्च ब्यहोर्ने प्रोपाइटर बास्तोलाले जानकारी गराए ।

प्रिन्स हालै बिश्व ब्याडमिन्टन महासंघले प्रकाशित गरेको बरियता क्रममा जुनियर तर्फ नम्बर एकमा पुग्न सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?