+
+

मेलिनाको स्वरमा ‘फूलहरु मगमग’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते १०:५४

 

गायिका मेलिना राईको स्वर रहेको फूलहरु मगमगको म्युजिक भिडियो सार्वजनिक भएको छ । बेलायतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा सुन्दरी मोडल तथा भ्लगर सृजना निङ्लेखुको बेजोड अभिनय देख्न सकिन्छ । सार्वजनिक भिडियोमा गज्जबसँग खुलेकी सुन्दरी सृजनाले आँफुलाई प्रकृतिसँग तुलना गर्दै आफ्नो सुन्दरताको वर्णन आफै र आफ्नो भावना प्रकृतिसँग पोखेकी छिन् ।

कन्चन थलङ लिम्बुको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई एक दशक भन्दा लामो समयदेखि बेलायतमा रहँदै आएका संचारकर्मी एवंम निर्देशक कुशल श्रेष्ठले निर्देशन गरेका हुन् भने भिडियोमा निर्देशक श्रेष्ठकै छायांकन र सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?