+
+

अमेरिकाको टेक्ससमा चार जना ‘बन्धक’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २ गते ९:२८

२ माघ, काठमाडौं । अमेरिकाको टेक्सस राज्यको कोलिविल शहरमा एक व्यक्तिले चार जनालाई बन्धक बनाएको त्यहाँको प्रहरीले जनाएको छ । उनीहरुलाई मुक्त गर्ने विषयमा बन्धक बनाउने व्यक्तिसँग वार्ता भइरहेको पनि प्रहरीले जनाएको छ ।

यहुदीहरुको पूजास्थलमा प्रार्थनाको समयमा एक व्यक्तिले चार जनालाई बन्धक बनाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । बन्धक बनाउने व्यक्तिसँग हतियार छ कि छैन भन्ने एकिन भएको छैन ।

प्रहरीले बन्धक बनाइएको स्थानलाई घेरा हालेको छ । विशेष हतियारयुक्त टोलीलाई त्यहाँ तैनाथ गरिएको छ र आम सर्वसाधारणलाई त्यहाँबाट हटाइएको छ ।

समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी)का अनुसार बन्धक बनाइएका चार जनामध्ये एकजना पुजारी हुन् ।

आइतबार बिहानको प्रार्थनाको भिडियो दृष्य प्रत्यक्ष प्रसारण भइरहेको बेला बन्धक बनाइएको घटना सार्वजनिक भएको हो । पछि उक्त भिडियो इन्टरनेटबाट हटाइएको छ ।

भिडियामा एक व्यक्तिले चिच्याउँदै सहायता मागेको देखिएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनलाई उक्त घटनाबारे पूरै जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?