+
+

आँधिखोला लघुवित्तको अध्यक्षमा केसी दोहोरिए

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २ गते ११:३०

२ माघ, काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा नरेश केसी दोहोरिएका छन् । शुक्रबार सम्पन्न संस्थाको साधारणसभाबाट सञ्चालक निर्वाचित केसी पुनः अध्यक्षमा चयन भएका हुन् ।

सभाले लेखा परीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७-७८ को वासलत, नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गरिएको प्रमुख कार्यकारी अधिकृत डोलराज के.सीले बताए ।

सभाले राष्ट्र बैंकको स्वीकृत बमोजिम २० प्रतिशत बोनस शेयर स्वीकृत गरेको छ । सभाबाट संस्थापक समूहको प्रतिनिधित्व गर्दै नरेश के.सीसहित श्यामविक्रम खाँड र सावित्रा दवाडी पौडेल निर्वाचित भएको कम्पनी सचिव बाबुराम कुँवरले बताएका छन् । सभापछिको वैठकले पुनः नरेश के.सीलाई अध्यक्षमा चयन गरेको जनाइएको छ ।

साधारण सभाको उद्घाटन संचालक समितिका अध्यक्ष नरेश केसीले गरेका थिए । स्वागत मन्तव्य संचालक दिपेन थापाले गरेका थिए भने धन्यवाद ज्ञापन संचालक केहर सिंह के.सीले गरेका थिए । कार्यक्रमको संचालन कम्पनी सचिव बाबुराम कुँवरले गरेका थिए ।

संस्थाले हाल ११ जिल्लामा १९ कार्यालयमार्फत २ प्रदेशमा सेवा संचालन गर्दै आएको र हालै बाग्लुङमा केन्द्रीय कार्यालय रहेको धौलागिरि लघुवित्त वित्तीय संस्थासंग गरेको मर्जर प्रकि्रया तोडिएको प्रमुख कार्यकारी अधिकृत डोलराज केसीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?