+
+

एबल सहकारीको साधारणसभा सम्पन्न, रिक्त सञ्चालकमा सिवाकोटी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २ गते १५:१०

१ माघ, काठमाडौं । काठमाडौंको न्यूरोडमा रहेको एबल बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २९ पुसमा सम्पन्न संस्थाको साधारणसभाले रिक्त सञ्चालक पदमा रामकृष्ण सिवाकोटीलाई चयन गरेको छ । सिवकाेटी युवा समाजसेवी तथा व्यवसायी हुन् । साधारणसभाले लेखा सुपरीक्षण समितिको संयोजकमा निलप्रसाद पाध्याय र सदस्यमा उदय गैरे चयन भएका छन् ।

संस्थाका अध्यक्ष रोहित पौडेलले साधारणसभामा पेश गरेको गत आर्थिक वर्ष २०७७/७८ प्रगति विरण तथा लेखा सुरपरीवेक्षण समितिको तर्फबाट प्रस्तुत भएको लेखा प्रतिवेदन र चालु आर्थिक वर्ष २०७८/७९ को प्रस्ताबित बजेट तथा खर्च सम्बन्धी कोषाध्यक्ष दीपककुमार श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनसमेत पारित भएको छ ।

हाल न्यूरोडलाई कार्यक्षेत्र बनाएर कारोबार गर्दै आएको यस सहकारीले कार्यक्षेत्र विस्तार गर्ने तथा एकिकरण गर्ने निर्णय साधारणसभाले गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा वागमती सहकारी संघका अध्यक्ष रामशरण घिमिरे शर्मा, विशिष्ट अतिथि ललितपुर बचत तथा ऋण सहकारी संघका लेखा परीक्षण समितिका सदस्य राजेन्द्र घिमिरे लगायत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?