+
+

शेयर बजारमा उत्साह, एकैदिन ९ अर्बको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २ गते १५:२१

२ माघ, काठमाडौं । साताको पहिलो कारोबार आइतबार शेयर बजारमा उत्साह देखिएको छ । नेप्से परिसूचक उच्च अंकले बढेर २९ सय माथि पुगेको छ भने कारोबार रकममा झनै उत्साह देखिएको छ ।

कुनैबेला एकैदिन २२ अर्ब रुपैयाँसम्मको कारोबार भएको शेयर बजार घट्न थालेपछि दैनिक कारोबार ५ अर्ब पुग्न पनि मुस्किल थियो । गत साता दैनिक ६ देखि ७ अर्बको हाराहारीमा कारोबार भएको थियो ।

आइतबार भने ९ अर्ब ६३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यो पछिल्लो तीन महिनाकै उच्च कारोबार रकम हो । उता शेयर कारोबार मापक नेप्से परिसूचक ठ्याक्कै ६९ अंकले बढेर २ हजार ९ सय २६ दशमलव ७४ अंकमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?