+
+

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई टर्‍यो : मन्त्री खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते ९:२६

३ माघ, विराटनगर  । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई टरेको बताएका छन् ।

समाजवादी प्रेस संगठन मोरङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले तत्कालका लागि बीपीको समस्या टरेको बताएका हुन् ।

बीपीको काम कारबाही गर्नका लागि पाँच सदस्यीय टोली गठन गरेर धरान पठाएको बताउँदै उनले तत्काललाई समस्या टरेको बताए । उनका अनुसार वर्तमान पदाधिकारीलाई काम गर्न रोक लगाइएको छ ।

शनिबार बसेको क्याबिनेट बैठकले निर्णय गरेर श्यामसुन्दर यादवको नेतृत्वमा काम गर्नका लागि टोली पठाइएको बताए ।मन्त्रालयको टोलीले काम थालेपछि वर्तमान पदाधिकारीले छानबिन नसकिएसम्म काम गर्न नपाउने बताए ।

सोचे अनुसार नागरिक खोप लगाउन आएनन्

पत्रकार सम्मेलनमा उनले खोप लगाउन सोचे अनुसार नागरिकहरू नआएको बताए । खोप लगाउन जनता नआएपछि सातै प्रदेशमा खोप अभियान सञ्चालन गरेको उनको भनाइ छ । खोपका लागि गाउँ टोलमा टोली खटिने उनले बताए ।

८० प्रतिशतलाई पहिलो डोज र करीब ६० प्रतिशतलाई पूर्णमात्रा खोप लगाएको उनले बताए । पहिलो र दोस्रो डोज लगाएपछि नागरिकलाई बुस्टर डोज दिइने उनले बताए ।

दुवै डोज खोप लगाएकाहरूलाई कोरोनाले असर कम गर्ने भएकाले खोप लगाउन उनले आग्रह गरे । कोरोना रोकथामका लागि सरकारले पर्याप्त पूर्वतयारी गरेको बताए ।

उनले सरकारी अस्पतालमा संक्रमितको उपचारका लागि व्यवस्था गरेकाले निजी अस्पताललाई पनि तयार रहन आग्रह गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?