+
+

अल्जेरियाको ३५ खेलको अपराजित यात्रा टुङ्गियो

अफ्रिकन कपको साविक विजेता समूह चरणबाटै बाहिरिने खतरामा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते १०:४२

३ माघ, काठमाडौं । अफ्रिकन च्याम्पियन अल्जेरियाको ३५ खेलको अपराजित यात्रा टुङ्गिएको छ । क्यामरुनमा भइरहेको अफ्रिकन कफ अप नेशन्समा अल्जेरिया इक्वेटोरियल गिनीसँग १-० ले पराजित भएको हो ।

सन् २०१८ यता अल्जेरिया पहिलो पटक पराजित भएको हो ।

स्टेड जापोमा भएको खेलमा इक्वेटोरियल गिनीलाई जिताउन स्टेबान ओबियाङले दोस्रो हाफमा एक मात्र गोल गरेका थिए ।

समूह ई मा २ खेलबाट जम्मा १ अंक रहेको अल्जेरिया समूह चरणबाटै बाहिरिने खतरासमेत बढेको छ ।  साविक विजेताको रुपमा क्यामरुन पुगेको अल्जेरियाको प्रदर्शन भने त्यो अनुसार हुन सकेको छैन ।

यसअघि पहिलो खेलमा अल्जेरियालाई सिएरा लियोनले बराबरीमा रोकेको थियो ।

म्यानचेष्टर सिटीका स्टार रियाद महारेजको कप्तानीमा रहेको अल्जेरियाले नकआउट चरणमा पुग्ने सम्भावना कायम राख्न अन्तिम खेलमा आइभरीकोष्टलाई हराउनैपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?