+
+

महिला केन्द्रित भूमिकामा काम गर्ने अनुको चाहना

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते ११:४५
अभिनेत्री अनु शाह । फाइल तस्वीर

३ माघ, काठमाडौं । अभिनेत्री अनु शाहले महिला केन्द्रित चलचित्रमा काम गर्ने चाहना व्यक्त गरेकी छन् । चलचित्र ‘द युगदेखि युगसम्म’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी अनुले आफूले एक दशक लामो करिअरमा अपेक्षा गरे अनुसारको चलचित्रमा काम गर्न नपाएको बताइन् ।

सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनिन्, ‘मैले मेरो सपनाको प्रोजेक्टमा काम गर्न पाएकी छैन । अब मलाई महिला केन्द्रित चलचित्रमा काम गर्न मन लागेको छ ।’

अनुले चलचित्रको पर्दामा आफू प्रहरीको भूमिकामा पनि देखिन नपाएको बताइन् । उनले भनिन्, ‘मलाई पर्दामा प्रहरीको भूमिकामा काम गर्न निक्कै मन छ । तर, मैले त्यो अवसर पनि पाएकी छैन । अब चलचित्रमा  देखिनका लागि मात्र भन्दा पनि दर्शकले सम्झनलायक चलचित्रमा काम गर्न मन छ ।’

आफूले काम गरेका अधिकांश चलचित्रमा अनु साधारण युवतीको भूमिकामा देखिएकी छन् । उनले केही चलचित्रमा काम गरेकोमा भने आफूलाई पछुतो भएको समेत बताइन् । पछिल्लो समय चलचित्रमा खासै सक्रिय नदेखिएकी अनु दर्शकमाझ आफू विभिन्न माध्यमबाट आइरहने बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?