+
+

लास जलाएपछि खरानीको सुप बनाएर पिउने अनौठो संस्कार

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते १३:०५

दुनियाँमा मानव समुदायका असंख्य परम्परागत संस्कार विद्यमान छन् । संसारमा समुदायपिच्छे मानिसहरुको अन्तिम संस्कार गर्ने तौरतरिका पनि फरक-फरक छ । दक्षिण अमेरिकामा एउटा आदिवासी समुदाय यस्तो छ जहाँ मानिसको मृत्युपछि लास पोलेर खरानीको सुप बनाएर खाने चलन छ ।

लास जलाएको खरानीको सुप बनाएर खाने चलन भएको आदिवासी समुदायको नाम यानोमामी हो । कतिपय रिपोर्ट अनुसार त यो समुदायमा मृतक मानिसको मासु पनि खाने चलन छ ।

यो जनजाति समुदायलाई यानम वा सेनेमा पनि भनिन्छ । दक्षिण अमेरिकाका ब्राजिल, भेनेजुलयलालगायतका देशमा यो आदिवासी समुदायको बसोबास छ । यस समुदायको सभ्यता पश्चिमी सभ्यता पश्चिमी सभ्यताभन्दा विल्कुलै फरक छ ।

यो समुदायमा मृत्यु संस्कार निकै निकै अनौठो छ जसलाई एन्डोक्यानिबेलिज्म भनिन्छ । जस अन्तरगत मानिसहरुले आफ्नो परिवारका मृतक व्यक्तिको मासु खाने गर्दछन् । यो जनजातिमा कुनैपनि व्यक्तिको मृत्यु भएपछि लासलाई पातपतिंगर वा अन्य चिजवीजहरूले ढाकेर राखिन्छ । परिवारका सदस्यले मासु खाएर बँचेको सरीरको भाग जलाइन्छ र त्यसरी जलाएर बनेको खरानीको सुप बनाएर पिउने गरिन्छ ।

मृत्युपछि मृतकको आत्माको रक्षा गर्नुपर्दछ भन्ने मान्यतामा यो समुदायमा यस्तो डरलाग्दो अन्तिम संस्कारको चलन रहिआएको छ । मृतकको शरीरलाई उसका आफन्तहरूले खाएमा मात्रै उसको आत्मालाई शान्ति मिल्ने परम्परा यो आदिवासीमा रहेको छ ।

कालगतिले मरेको मानिसको मासु र खरानी परिवारका सबै सदस्यले खाने तर हत्या भएको मानिसको लासको खरानीचाहिँ केवल महिलाले मात्र खाने चलन यो समुदायमा छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?