+
+

एएफसी कपको प्रारम्भिक चरणमा मछिन्द्रले श्रीलंकन ब्लुस्टारसंग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते २०:०९

३ माघ, काठमाडौं । नेपालको मछिन्द्र एफसीले एएफसी कप २०२२ को प्रारम्भिक चरणमा श्रीलंकन क्लब ब्लु स्टारसंग प्रतिस्पर्धा गर्ने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार समूह डी को छनोटको रुपमा रहेको प्रारम्भिक चरणमा दक्षिण एसियाका दुई टिम भिड्ने भएका हुन् ।

एएफसी कपको समूह चरणमा पुग्नका लागि मछिन्द्रले तीन खेल जित्नुपर्नेछ । मछिन्द्र र ब्लु स्टारबीचको खेल आगामी अप्रिल ५ मा हुनेछ । यस खेलको विजेताले दोस्रो चरणमा भारतको एटिके मोहन बगानसंग खेल्नेछ ।

मछिन्द्र अहिले भइरहेको शहीद स्मारक ‘ए’ डिभिजन लिगको सातौं चरणको समाप्तीपछि शीर्ष स्थानमा रहँदै एएफसी कपमा छनोट भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातौं चरणको शीर्ष टोलीले एएफसी कप छनोट खेलाउने प्रावधान बनाएपछि मछिन्द्र छनोट भएको हो ।

अघिल्लो सिजन लिग जितेपनि क्लब लाइसेन्स नभएकोले एएफसी कप खेल्न नपाएको मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो ।

यस्तै प्रारम्भिक चरणको अर्को खेलमा भुटानको पारो एफसी र माल्दिभ्सको क्लब भ्यालेन्सिया खेल्नेछन् । त्यस खेलको विजेताले बंगलादेशको अबहानी लिमिटेडसंग खेल्नेछ । दुवै पुलको विजेताले प्लेअफ फाइनल खेल्नेछन् र त्यसको विजेता समूह चरणमा पुग्नेछ ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?