+
+

फुटबल टिमको बन्द प्रशिक्षण मंगलबारदेखि

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते २१:२८

३ माघ, काठमाडौं । नेपाली फुटबल टिमको बन्द प्रशिक्षण मंगलबारदेखि हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

यही माघमा अफ्रिकन राष्ट्र मरिसससंग हुने दुई मैत्रीपूर्ण फुटबल खेलको तयारीका लागि नेपालले प्रशिक्षण गर्न लागेको हो । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणका लागि यसअघि नै ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइसकेका छन् ।

शहीद स्मारक ए डिभिजन लिगका नवौ चरणको खेलहरु सकिएपछि एन्फाले यसअघि नै अन्तर्राष्ट्रिय फुटबलका लागि ब्रेक दिने जनाएको थियो । नवौं चरण अन्तर्गत च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल भने खेलाडीमा कोभिड-१९ देखिएपछि स्थगित भएको छ ।

नेपालले फिफा विन्डो अन्तर्गत नै माघ १५ र १८ गते मैत्रीपुर्ण खेल खेल्न लागेको हो । बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु यही माघ ६ गते देखि पोखरामा हुने २०औं आहा रारा गोल्डकपमा सहभागी हुने छैनन् ।

बन्द प्रशिक्षणका लागि बोलाइएका ३५ खेलाडी

विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बु, सत्रुघन चौधरी, टेकेन्द्र थापा, आशिष लामा, आयुस घलान, आकाश बुढा मगर, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, विमल घर्तीमगर, विशाल राई, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश हेमजन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, कृतिश रन्त छुन्जु, मनिष डाँगी, नविन गुरुङ, नितिश थापा, पुजन उपरकोटी, सुवास गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी, सुशील राई, तेज तामाङ, जगजित श्रेष्ठ, आशिष राई

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?