+
+

पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते १७:०४

५ माघ, काठमाडौं। पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको छ । मिर्गौलाको समस्याबाट पीडित उनको बुधबार कमलपोखरीस्थित निजी निवासमा निधन भएको हो ।

सरकारी सेवामा २०१५ सालमा प्रवेश गरेका शर्मा २०१७ सालमा कानुन मन्त्रालयको शाखा अधिकृतबाट बढुवा भएर अदालतको न्यायाधीश भएर काम गर्दै २०५४ चैतदेखि २०५६ मङ्सिर ३० गतेसम्म नेपालको प्रधानन्यायाधीश भएर काम गरेका थिए ।

स्व शर्माको एक छोरा एक छोरी छिन् । छोरा क्यानडाबाट आएपछि अन्त्येष्टि गर्ने तयारी रहेको परिवार स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?