+
+

सत्ता गठबन्धनले विकासमा राजनीति गरे : विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते १७:२४

५ माघ, बुटवल। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवलका विकासका आयोजनामा सत्ता गठवन्धनले राजनीति गरेको आरोप लगाएका छन् ।

बुटवलमा निर्माणाधीन तिनाउ दानव कोरिडोर प्रभावितले विभिन्न माग राखेर गरेको आन्दोलन सत्ता गठबन्धनको राजनीतिक स्वार्थबाट प्रेरित रहेको पौडेलले बताए ।

बुटवल उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पौडेलले विकासका काममा अवरोध नगर्न सत्ता गठबन्धनलाई आग्रह गरे ।

‘सत्तारुढ दलहरुकै अगुवाईमा योजना प्रभावित बन्ने गरी भएका आन्दोलनले म चिन्तित भएको छु,’ पौडेलले भने, ‘सबै दल, सामाजिक संघसंस्थासँग आग्रह छ, तिनाउ दानव करिडोरमा करोडौं लगानी भइसकेको छ, यो बन्दा कसैलाई घाटा गर्ने छैन, त्यसैले यसमा अवरोध नहोस् ।’

विकास आयोजना रोक्दा कसैलाई फाइदा नगर्ने भएकाले विकासमा राजनीतिक स्वार्थभन्दा माथि उठ्न पौडेलले आग्रह गरे । कोरिडोर प्रभावित एक हजार बढी घरधुरीले आफूहरुको उचित व्यवस्थापन र क्षतिपूर्तिको माग गर्दै माग सम्बोधन नहुँदासम्म निर्माण कार्य अघि बढाउन नदिने भन्दै चरणवद्ध आन्दोलन गरिरहेका छन् । सडक डिभिजन कार्यालय बुटवलले कोरिडोर प्रभावित क्षेत्रमा ७ सय बढी घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?