+
+

पाँच दलीय समन्वय समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते ९:३२
फाइल तस्वीर

६ माघ, काठमाडौं । स्थानीय तहको निर्वाचन मिति लगायतनका विषयमा छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक आज पनि बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे बैठक बस्ने समन्वय समितिकी एक सदस्य एवम् राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

यसअघि गत मंगलबार पनि समितिको बैठक बसेको थियो । सो बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखेका थिए । यद्यपि बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संवैधानिक व्यवस्थाअनुसार समयमै निर्वाचन गर्न आफूहरु सहमत भएको प्रतिक्रिया दिएका थिए ।

सो बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अनुपस्थित भएकाले थप गृहकार्य गरेर बिहीबार बैठक बस्ने सहमति भएको थियो । सोही सहमति अनुसार नेताहरु आज अपराह्न पनि बैठक बस्न लागेका हुन् ।

आजको बैठकमा वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तहको निर्वाचन गर्ने प्रचण्डको प्रस्तावबारे छलफल हुने र सरकारलाई निर्वाचन मितिबारे सुझाव दिने अनुमान छ । जनमोर्चाकी उपाध्यक्ष पौडेलले संसदीय र स्थानीय तहको निर्वाचन मितिबारे आएको प्रस्तावबारे बैठकमा छलफल हुने जानकारी दिइन् ।

निर्वाचन आयोगले संवैधानिक व्यवस्था अनुसार आगामी वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । तर सरकारले निर्वाचनको मिति घोषणा गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?