+
+

कोहलपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

रासस रासस
२०७८ माघ ६ गते १०:१३

६ माघ, राँझा (बाँके) । बाँकेको कोहलपुर नगरपालिकामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

कोहलपुर-१४ हवल्दारपुरमा गए राति करिब १० बजे ट्रकले ठक्कर दिँदा नेपालगञ्ज उपमहानगरपालिका-७ निवासी त्रिलोक केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार हवल्दारपुरस्थित विकासे पुलमा रहेको धर्मकाटाँमा कार्यरत कर्मचारी केसीलाई भे१क १९९९ नम्बरको ट्रकले ठक्कर दिएको हो ।

ठक्करबाट केसीको मृत्यु भएपछि चालक फरार रहेका छन् । फरार रहेका चालकको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक खनालले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?