+
+

युवा बक्सर सुस्मा तास्कन्द जान पाइनन्

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते १०:४९

काठमाडौं । उज्वेकिस्तानको तास्कन्दमा हुने एएसबीसी यू-२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट खेलाडी सहभागिता नहुने भएको छ ।

च्याम्पियनसिपका लागि छनोट भएकी एकमात्र महिला खेलाडी सुस्मा तामाङ (४८ केजी) को उडानपूर्व मंगलबार राति पीसीआर परीक्षणमा कोभिड-१९ पोजेटिभ रिपोर्ट आएकाले उनी जान नपाएको नेपाल बक्सिङ संघले बुधबार विज्ञप्तिमार्फत जनाएको छ ।

सुस्मा जान नपाउने भएपछि च्याम्पियनसिपमा नेपालको सहभागिता नहुने भएको नेपाल बक्सिङ संघले जनाएको छ । संघका अनुसार खेलाडी सुष्माको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

च्याम्पियनसिप जनवरीमा २० मा सुरु हुने तय छ ।

सुस्माको स्वास्थ नर्मल रहेको र उनीमा कोभिड -१९ को कुनै पनि सिम्टसन् नदेखिएको संघले जनाएको छ । उनी सँगै टिममा सहभागी प्रमुख प्रशिक्षक प्रकाश थापा मगर र प्रशिक्षक नवीन तण्डुकारको रिपोर्ट भने नेगेटिभ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?