+
+

मापसे गरेर सर्वसाधारण धम्क्याउने मेजर सेनाबाट बर्खास्त

मादक पदार्थ सेवन गरेर सर्वसाधारणसँग अपशब्द बोलेको र दुर्व्यवहार गरेको अभियोगमा नेपाली सेनाका एक जना सेनानी ९मेजर० बर्खास्तीमा परेका छन् । नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय, गोरङ्गेका मेजर अशोकजंग शाहीलाई जनरल सैनिक अदालतले सेवाबाट हटाउने आदेश सुनाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते १९:५५

६ माघ, काठमाडौं। मादक पदार्थ सेवन गरेर सर्वसाधारणसँग अपशब्द बोलेको र दुर्व्यवहार गरेको अभियोगमा नेपाली सेनाका एक जना सेनानी (मेजर) बर्खास्तीमा परेका छन् ।

नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय, गोरङ्गेका मेजर अशोकजंग शाहीलाई जनरल सैनिक अदालतले सेवाबाट हटाउने आदेश सुनाएको हो ।

सैनिक ऐन, २०६३ विपरितको गतिविधि गरेकाले भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी उनलाई सेवाबाट हटाउने आदेश भएको सैनिक स्रोतले अनलाइनखबरलाई बतायो । सैनिक ऐनमा जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट फैसला वा अन्तिम आदेशमाथि चित्त नबुझे पीडित पक्षले ३५ दिनभित्र पुनरावेदन दिने सक्ने व्यवस्था छ ।

मादक पदार्थ सेवन गरेर ब्यारेकबाट बाहिर निस्किएका शाहीले २५ असोजमा राति कैलालीको चिसापानीस्थित हर्कबहादुर रावलको होटलमा जबरजस्ती प्रवेश गरेर धम्क्याएका थिए । रावलले उनलाई होटल बन्द भइसकेको भन्दै रोक्न खोजेका थिए तर उनले आफू सेनाको मेजर भएको बताउँदै धम्क्याएका थिए ।

त्यहाँबाट ब्यारेकतिर फर्किएका मेजर शाही निजी गाडीमा राति नै हतियारसहितको सैनिक लिएर चिसापानी बजार गएका थिए । र, होटल सञ्चालकलाई ठीक पार्ने भन्दै हिँडेका थिए । त्यसपछि आक्रोशित भिडले उनी सवार गाडीमा तोडफोड गरेको थियो भने मेजर शाहीलाई जिल्ला प्रहरी कार्यालय, कैलालीले नियन्त्रणमा लिएको थियो ।

घटनाबारे छानविनका लागि जंगीअड्डाले ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरेर अनुसन्धान थालेको थियो । एक जना महासेनानीको अध्यक्षतामा गठित समितिले छानविन गरेर उनी दोषी रहेको निष्कर्ष निकालेको थियो ।

त्यसको आधारमा सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठिन समरी जनरल सैनिक अदालतले शाहीलाई बर्खास्त गर्ने आदेश सुनाएको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?