+
+

राष्ट्रिय महिला हक्की : आर्मी र गण्डकी सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते २०:००

६ माघ, काठमाडौं। नेपाल आर्मी र गण्डकी प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

वीरगञ्जको आदर्शनगर खेल मैदानमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन आर्मीले प्रदेश १ लाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्‍यो ।

आर्मीका कमला चन्दले ४, निलिमा पाण्डेले २ र सीतामाया बलले १ गोल गरे । आर्मीकी अन्जना चन्द ‘वुमन अफ द म्याच’ घोषित भइन् ।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा गण्डकीले दोश्रो संस्करणको विजेता लुम्बिनी प्रदेशलाई २–० गोलले हरायो । कमलादेवी घर्ती पुन र नानु गुरुङले १–१ गोल गरे । गण्डकीकी सविना पुन राना ‘वुमन अफ द म्याच’ बनिन् ।

विजेताद्वयको भेट सेमिफाइनलमा हुने छ । अर्को सेमिफाइनल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशबीच हुने हक्की प्रशिक्षक रञ्जन थापाले जनाएका छन् । दुवै सेमिफाइनल शुक्रबार हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?