+
+

पूर्वी पहाडी जिल्लामा हिमपात

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते २०:०१

६ माघ, झापा । प्रदेश नं. १ को ताप्लेजुङ, पाँचथर र इलामका विभिन्न ठाउँमा हिमपात भएको छ ।

ताप्लेजुङको उच्च क्षेत्रमा रहेका ओलाङचुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याव्ला, फलेलगायतका बस्तीमा बाक्लो हिमपात भएको छ भने प्रशिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत हिमपात भएको स्थानीयले बताएका छन् ।

यो वर्ष ताप्लेजुङको पाथीभरा क्षेत्रमा बिहीबार तेस्रो पटक हिमपात भएको ताप्लेजुङका व्यवसायी तथा उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तारानाथ घिमिरेले बताए । पाथीभरा समुद्री सतहबाट तीन हजार ७९४ मिटर उचाईमा छ ।

पाँचथरको सुकेटार, चारराते, चिवाभञ्जाङ क्षेत्र र इलामको कन्याम, सन्दकपुरमा पनि हिमपात भएको बताइएको छ । हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?