+
+

उपत्यकामा शुक्रबार रातिदेखि यातायातका साधनमा जोर विजोर प्रणाली

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते २०:५३

६ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा भोलि शुक्रबार मध्यरातिदेखि निजी तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू हुने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले दुई पाङ्गेसहितका निजी तथा सार्वजनिक सवारी साधानहरु जोर गते जोर र बिजोर गते विजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो । सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिर्वाय लगायतका यसअघिका निमय कायमै छन् ।

सपिङ मल, डिपार्टमेन्ट स्टोर लगायतका पसल र पार्टी प्यालेजहरुमा एक पटकमा २० जनाभन्दा बढी प्रवेश दिन पाइने छैन भने खोप कार्ड अनिवार्य गरएको छ ।

होटल तथा रेस्टुरेन्टहरुमा कुल क्षमताको आधालाई मात्र प्रवेश दिन पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?