+
+

साविक विजेता अल्जेरिया समूह चरणबाटै बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १०:२६

७ माघ, काठमाडौं । साविक विजेता अल्जेरिया क्यामरुनमा भइहरेको अफ्रिकन कप अफ नेसन्सको समूह चरणबाटै बाहिरिएको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा आइभरीकोष्टसँग ३-१ ले पराजित भएपछि अल्जेरियाको उपाधि रक्षा गर्ने लक्ष्य समाप्त भयो ।

नकआउट चरण पुग्ने सम्भावना कायम राख्न अल्जेरियालाई निश्चित जित आवश्यक थियो । तर दाउलामा भएको खेलमा आइभरीकोष्टका लागि फ्रांक केसी, इब्राहिम साङ्गरे र निकोलस पेपेले गोल गर्दै ३-० को अग्रता दिलाए । अल्जेरियाले पेनाल्टी पाएपनि रियाद महारेजको प्रहार पोष्टमा लाग्यो ।

अल्जेरियाको लागि सोफियन बेन्डेब्काले सान्त्वना गोल फर्काए ।

समूह ‘ई’  मा सिएरा लियोनसँग बराबरी खेल्दै प्रतियोगिता सुरु गरेको अल्जेरिया दोस्रो खेलमा इक्वेटोरियल गिनीसँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?