+
+

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा पनि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते ११:१४

७ माघ, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेको छ । आइतबारदेखि माघ मसान्तसम्म सबै परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रक मोहन बस्नेतले जानकारी दिए ।

आज बसेको परीक्षा निर्देशन समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको नियन्त्रक बस्नेतले बताए । उनले भने ‘आज हामी बैठक बसिरहेका छौं । नौ गतेदेखि माघ मसान्तसम्म हाललाई सबै परीक्षा स्थगित गर्ने निर्णय गरेका छौं ।’ पीयूले पाँच वर्षे बीएएलएलबीको परीक्षा सञ्चालन गरिरहेको छ ।

कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा फैलन थालेपछि विश्वविद्यालयले परीक्षा स्थगित गरेको हो । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?