+
+

क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १७:२९

७ माघ, काठमाडौं । नेपालमा प्रतिबन्धित भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्वतका २१ वर्षीय राजन भट्टराई, सुनसरीका २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौंका २७ वर्षीय दिपेनराज श्रेष्ठ छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

महाशाखाका एक अनुसन्धान अधिकृतका अनुसार पक्राउ परेका मध्ये भट्टराईले हालसम्म ९७५ जना व्यक्तिसँग एक हजार ९२६ पटक कारोबार गरेको भेटिएको छ भने एक महिनामै १६ लाख बराबरको कारोबार देखिएको छ ।

पक्राउ परेका तीनै जनालाई बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?