+
+

घाट मासेर भइरहेको नदीजन्‍य पदार्थको उत्खनन् कार्य तत्कालका लागि रोकियो

वडा कार्यालयले गर्‍यो नगरपालिकालाई पत्राचार

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १८:४०

७ माघ, गोरखा। गोरखा नगरपालिका–१३ अवुवा स्थित लुदीखोला दोभान क्षेत्रमा घाट मासिने गरी भइरहेको नदीजन्य पदार्थको उत्खनन कार्य तत्कालका लागि रोकिएको छ ।

दाहसंस्कार गर्ने परम्परागत घाट मासिने गरी भएको उत्खननबारे संचार माध्यममा समाचार प्रकाशित भएपछि नगरपालिकाले तत्कालका लागि उत्खनन कार्य रोक्न लगाएको हो ।

घाट क्षेत्रमा ठेक्का लगाएको भन्दै स्थानीयले विरोध समेत जनाउदै आएका छन्। बिहीवार उत्खनन क्षेत्रमा पुगेर उनीहरुले काम रोकिदिएका थिए ।

शुक्रवार बैठक बसेर आगामी दिनमा उक्त क्षेत्रमा उत्खनन गर्न नदिने निर्णय उनीहरुले गरेका छन् । सो क्षेत्रमा उत्खनन कार्य गरेमा जनप्रतिनिधी नै जिम्मेवार हुने भन्दै वडा कार्यालयलाई निवदेन समेत बुझाएको स्थानीय शान्तमणी कैनीले बताए ।

सो क्षेत्रमा नदीजन्य पदार्थको उत्खनन गर्न नदिन आग्रह गर्दै वडा कार्यालयले गोरखा नगर कार्यपालिकाको कार्यालयलाई पत्राचार समेत गरेको छ ।

वडाध्यक्ष हरि खनालद्धारा हस्ताक्षरित उक्त पत्रमार्फत वन क्षेत्र र मोटरेवल पुल जोखिममा पर्ने भएकाले सो क्षेत्रमा नदीजन्य पदार्थको उत्खनन, संकलन र बिक्री वितरण कार्य रोक्न आग्रह गरिएको छ ।

नगरपालिकाको स्वीकृतीमा मनोकामना गुरुङ निर्माण सेवाले सो क्षेत्रमा नदीजन्य पदार्थको उत्खनन गरिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?