+
+

इएसपीएन क्रिकइन्फो अवार्ड : एसोसिएट बलिङको मनोनयनमा सन्दीप लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ८ गते १६:१९

८ माघ, काठमाडौं । चर्चित क्रिकेट अनलाइन इएसपीएन क्रिकइन्फोले प्रदान गर्ने इएसपीएन क्रिकइन्फो अवार्डको एसोसिएट बलिङको मनोनयन सूचीमा नेपाली टिमका कप्तान सन्दीप लामिछाने परेका छन् । पाँच जनाको मनोनयनमा नामिबियाबाट तीन खेलाडी पर्दा नेपालका सन्दीप लामिछाने र नाइजेरियाका एकजना छन् ।

सन्दीपले गत सेप्टेम्बरमा ओमानमा भएको पपुवा न्यु गिनीविरुद्धको दोस्रो एकदिवसीयमा उत्कृष्ट प्रदर्शन गर्दै ११ रन मात्र खर्चेर ६ विकेट लिएका थिए । त्यही प्रदर्शनका आधारमा सन्दीप मनोनयनमा परेका हुन् । सन्दीपले ५.१ ओभर बलिङ गर्दा जम्मा ११ रन मात्र खर्चेर ६ विकेट लिएका थिए ।

सन्दीपको घातक बलिङ पछि ४४-३ को अवस्थामा रहेको पपुवा न्यु गिनी ८२ रनमै अलआउट भएको थियो । सन्दीपले एकदिवसीयमा दोस्रो पटक एकै खेलमा ६ विकेट लिएका हुन्

सन्दीपसँगै मनोनयनमा परेकामा नामिबियाका जान फ्राईलिंक, रुबेन ट्रम्पलमेन र जेजे स्मिथ छन् । यस्तै नाइजेरियाका पिटर आहो छन् ।

जान फ्राईलिंकले युएईविरुद्ध टी-२० मा २४ रन खर्चेर ६ विकेट लिएका थिए । यस्तै रुबेनले टी-२० विश्वकपमा स्कटल्याण्डविरुद्ध १७ रन खर्चेर ३ विकेट लिएका थिए ।

यस्तै जेजे स्मिथले विश्वकप लिग टु एकदिवसीय खेलमा ओमानविरुद्ध ५ विकेट लिएका थिए । नाइजेरियाका पिटरले टी-२० मा सियरा लियोनविरुद्ध ५ रन मात्र खर्चेर ६ विकेट लिएका थिए । एसोसिएट ब्याटिङमा भने नेपालबाट कुनै खेलाडी समावेश भएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?