+
+

अमेरिकी टिमलाई हराउँदै एपीएफ सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ८ गते १७:३५

८ माघ, पोखरा । पोखरामा जारी २०औं संस्करणको आहा रारा गोल्डकपमा विभागीय टिम एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा अमेरिकी टिम बिवाइएस क्लबलाई ३-१ गोलअन्तरले पराजित गर्दै एपीएफले सेमिफाइनल यात्रा सुरक्षित गरेको हो ।

एपीफएफको जितमा आवास लामिछानेले एक र रवि थिङले २ गोल गरेका छन् । जारी प्रतियोगिताको तेस्रो शनिबार भएको खेलमा बिवाइएसले सुरुआती अग्रता लिए पनि त्यसलाई कायम गर्न नसक्दा प्रतियोगिताबाटै बाहिरिएको छ । पहिलो हाफमा कुनै टिमले गोल गर्न सकेका थिएनन् ।

तर, दोस्रो हाफको २ मिनेट नबित्दै बिवाइएससीका मेगल प्याराफक्सले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले खेलको ४७ औं मिनेटमा हेडिङमार्फत बललाई गोलपोस्टको जाली चुमाएका हुन् ।

बिवाइएसीकै रिले उरीले गोलपोस्टमा प्रहार गरेको बल एपिफएफका राजन गुरुङले हेड गर्दै बचाए । तर, सोही बलमा हेडमार्फत नै प्याराफक्सले सुन्दर गोल गरिदिएका हुन् । एक गोल गरेर आत्मविश्वास जोडेको बिवाइएससी र एफिएफबीचको खेल प्रतिस्पर्धात्मक बनेको थियो ।

तर, खेलको ६८ औं मिनेटमा एपीएफले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएको थियो । डिबक्स एरियामा बिवाइएससीले फल गर्न पुगेपछि एपीएफले पेनाल्टी पाएको थियो । उक्त मौकाको फाइदा उठाउँदै आवास लामिछानेले टिमको तर्फबाट पहिलो गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

खेलाडी प्रदीप लामाले विपक्षीको डिबक्स एरिया नजिकैबाट प्रहार गरेको बल गोलरक्षक दिनेश थापामगरले सजिलै रोकिदिएका थिए । तर, उनको हातबाट फुत्किएको बल पुनः सुरक्षित गर्ने क्रममा बिवाइएससीका हेक्टर ट्रिगुर्सले एपीएफका अर्मन्ड बेडौमलाई धक्का दिँदै डिबक्स क्षेत्रमा लडाइदिएपछि एपीएफले पेनाल्टीको मौका पाएको थियो ।

प्रतियोगितामा एपिएफका रवि थिङले व्यक्तिगत २ गोल गरेका छन् । उनले खेलको ८४ औं मिनेटमा एपीएफकै रवि थिङले व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गरे । नवीन लामाले कर्नर प्रहार गरेको बल अदामा डौमबिया हेडिङ गरेका थिए । तर, उनले प्रहार गरेको बल बिवाइएससीका गोलरक्षक थापाको खुट्टामा ठोक्किँदै फर्किएपछि सोही अवसरको सदुपयोग गर्दै लामाले गोल गरेका हुन् ।

एपीएफको तर्फबाट तेस्रो गोल अतिरिक्त समयमा भएको थियो । निर्धारित समय सकिएपछि थपिएको ५ मिनेटमा एपीएफका रवि थिङले डिबक्स एरियाभन्दा बाहिरबाट प्रहार गरेको ‘लङ सट’ सिधैं गोलपोस्टमा छिरेको थियो । उनले ९४ औं मिनेटमा व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरेका हुन् ।

थिङसहित आवास लामिछाने जारी प्रतियोगितामा व्यक्तिगत २/२ गोल गरेका छन् । यसअघि प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहाराविरुद्ध पहिलो गोल गरेका थिए । एपीएफले सहारालाई २–० ले हराउँदा अर्का खेलाडी प्रदीप लामाले एक गोल गरेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?