+
+

‘लुकाछुपी २’मा विक्की र सारा दुलहा-दुलहीको भेषमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १२:२८

९ माघ, काठमाडौं । बलिउड अभिनेता विक्की कौशलले अभिनेत्री कट्रिना कैफसँग केही समयअघि विवाह गरे । कट्रिनासँग ‘रियल’मा विवाह गरेका विक्कीले अभिनेत्री साराअली खानसँग ‘रिल’मा बिहे गरेका छन् ।

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भिडियो र तस्वीरमा सारा र विक्की विवाहमा खुशी देखिएका छन् । यो चलचित्र ‘लुकाछुपी २’मा समावेश दृश्य हो । विवाहको दृश्य प्रगत औद्योगिक केन्द्रमा रहेको पुष्प वाटिकामा आयोजना गरिएको थियो । विवाहका लागि भव्य मण्डप समेत तयार गरिएको थियो ।

वास्तविक विवाह जस्तै रिलको बिहेमा पनि पाहुनाहरुको उपस्थिति रहेको थियो । चलचित्रको छायांकनका लागि आरआर कैट रोडमा रहेको पुष्प वाटिकालाई सजाइएको थियो ।

यो चलचित्रको छायांकन केही दिनदेखि विभिन्न स्थानमा चलिरहेको छ । क्रिश्चियन कलेज, कुटुम्ब न्यायालयमा पनि चलचित्रको छायांकन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?