+
+

कोरोना कहरपछि बालबालिका पढाइमा कमजोर

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १५:३२
बालबालिकाको फाइल फोटो

९ माघ, काठमाडौं । कोरोना कहरपछि बालबालिका पढाइमा कमजोर भएको देखिएको छ ।   युनिसेफ नेपाल र शेयरकाष्ट ईनिशियटिभले १९ महिना लगाएर ६ हजार परिवारमा गरेको सर्वेक्षणले यस्तो देखाएको हो ।

सर्वेक्षणमा सहभागी ८० प्रतिशत अभिभावकले आफ्नो बालबालिकाको पढाइमा कमजोर भएको अनुभव गरेको बताएका छन् । भर्चुअल माध्यमबाट सहभागी हुँदा गृहकार्य गर्न चुनौती हुनुका साथै पढाइ कमजोर भएको बताएका हुन् । साथै ६० प्रतिशत अभिभावक छोराछोरीलाई विद्यालय पठाउन तयार रहेको बताएका थिए ।

कोरोना महामारीका कारण १८ वर्षभन्दा कम उमेरका बालबालिका ६० प्रतिशत घरपरिवारले जीविकोपार्जनको माध्यम गुमाएको र तीन परिवारमध्ये एक परिवार आर्थिक सहायताको खोजीमा छन्  ।

धरै परिवार ऋणमा डुब्नुका साथै सम्पत्ति बेचबिखन गर्न बाध्य भएका सर्वेक्षणले देखाएको छ ।  सर्वेक्षणमा सहभागी २१ प्रतिशतले भरपेट खान संघर्ष गर्नुपरेको र ११ प्रतिशतले पहिलाको तुलनामा कम खाना खाने गरेको पाइएको शेयरकाष्ट ईनिशियटिभले जनाएको छ ।

सर्वेक्षणअनुसार १५ प्रतिशत महिला तथम बालबालिकामा हिंसा भएको देखेका छन् भने १० प्रतिशत उत्तरदाताले बालबालिकाले काम गरिरहेको बताएका छन् । ८४ प्रतिशतले मास्क लगाएका र ७१ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?